काठमाडौं- हाल देशभर ९ हजार ५ सय २२ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन्। दैनिक संक्रमितको संख्या बढेसंगै सक्रीय संक्रमितको संख्या पनि तिव्ररुपले बढेको छ।
गत मंगलबार ५ हजार ९४ जना संक्रिय संक्रमित रहेकोमा आज त्यो संख्या ९ हजार ५ सय २२ पुगेको छ। आज एकै दिन २ हजार ४ सय ४४ जना नयाँ संक्रमित भेटिएका छन्। जबकि गत मंगलबार जम्मा ३ सय ९३ जनामा संक्रमण पुष्टि भएको थियो।
पुस २३ गते १४ हजार ९७१ जनामा परीक्षण गरेकामध्ये २६२ कोरोना भाइरसका सङ्क्रमित रहेकोमा पुस २६ गते हिजो ११ हजार ४२९ परीक्षण गरेकामध्ये एक हजार ४४६ सङ्क्रमति देखिएका छन्।
संक्रमण दर पनि वृद्धि भएको छ। पुस १९ गते कूल परीक्षणमध्ये २.६ प्रतिशतमा रहेको सङ्क्रमण हिजो पुस २६ गते कूल परीक्षण गरेकोमध्ये १२.७ प्रतिशतमा संक्रमण पुगेको छ। यस्तै पुस २५ गते कूल परीक्षण गरेकोमध्ये ९.२ प्रतिशतमा सङ्क्रमण दर रहेको थियो।
यसैगरी पुस २० गते ४.२ प्रतिशत, पुस २१ गते ४.३ प्रतिशत पुस २२ गते ४.५ प्रतिशत, पुस २३ गते ६.५ प्रतिशत, पुस २४ गते ७.१ प्रतिशत कूल संक्रमण दर रहेको थियो। आज संक्रमण दर १६ प्रतिशत पुगेको छ।
केही दिनयता नेपालमा पनि समुदायस्तरमा ओमिक्रोन भेरियन्ट फैलिएसँगै संक्रमण ह्वातै बढेको हो। ओमिक्रोन भेरियन्ट अन्य भेरियन्टभन्दा बढी संक्रामक रहेका कारण यो संख्या अझै बढ्ने देखिन्छ। यही हिसाबले बढ्ने हो भने माघको पहिलो सातातिर दैनिक संक्रमितको संख्या उत्कर्षमा पुग्ने देखिन्छ।
हाल ९३ जनाले आइसीयु र १९ जनाले भेन्टिलेटरमा उपचार गराइरहेका छन्।