क्यान्सर रोगको उपचारमा रहेका बिरामीहरुलाई कोभिड–१९ को संक्रमणको जोखिम उच्च रहेको पाइएको छ। क्यान्सर रोगका बिरामीहरुको रोगसँग लड्ने प्रतिरोधात्मक क्षमता कमजोर हुने गर्दछ । जसले गर्दा अहिलेको परिस्थितिमा क्यान्सरका बिरामीहरुले यथासिघ्र कोभिड–१९ विरुद्धको खोप आवश्यक छ।
अहिलेको बर्तमान परिस्थितिमा कोभिड–१९को तेस्रो लहर आउने लगभग पक्का छ। त्यसैले कोभिड–१९ विरुद्धको विभिन्न खोपप्रति सर्वसाधारणबाट आइरहेका प्रश्नहरुको जवाफ दिन लाग्दैछु।
१. क्यान्सरका बिरामीहरुले कोभिड –१९ विरुद्धको खोप लगाउने कि नलगाउने?
अहिले सम्मको सबै वैज्ञानिक खोज तथा अनुसन्धानमा कोभिड–१९ को खोपले क्यान्सर रोगका बिरामीहरुलाई प्रत्क्षय रुपमा यसको संक्रमणबाट जोगाएको देखिएको हुनाले सबै क्यान्सर रोगका बिरामीहरुले नेपाल सरकार द्धारा उपलब्ध गराइएको खोप आफुलाई अनुकुल पर्ने जुन खोप लिदा पनि हुन्छ ।
यसका साथै क्यान्सर रोगि संगै बस्ने परिवारका सदस्यहरु, रोगिका उपचारमा खटिएका सहकर्मि सबैले खोप लाउने।
२. कस्तो अवस्थामा भ्याक्सिन लगाउनेरु कस्तो अवस्थामा नलगाउने?
– केमोथेरापी लिइराखेका बिरामीलाई भ्याक्सिन दिने,
– टार्गेटेड थेरापी लिइरहेका बिरामीलाई भ्याक्सिन दिने,
– इम्युनो थेरापी लिइरहेका बिरामीलाई भ्याक्सिन दिने,
– मेजर सर्जरी गरेका बिरामीको हकमा भ्याक्सिन लगाएको दिन सर्जरी नगर्ने तर भ्याक्सिन लगाएको ३–४ दिनपछि मेजर सर्जरी गर्न मिल्छ,
– बोनम्यारो प्रत्यारोपण गरेका बिरामी तथा कल्चर थेरापी, अंग प्रत्यारोपण गरेकाहरुको हकमा बोनम्यारोको कल्चर गरेको तीन महिना कुर्ने र सम्बन्धित चिकित्सकसँग परामर्श लिएर ३ महिनापछि लगाउन सकिन्छ।
– इन्टेन्सिभ क्यान्सर किमो थेरापी लिइराखेका बिरामीको हकमा एप्सोलेट न्युट्रोफिल काउन्ट सामान्य भएपछि मात्र दिने।
– बोनम्यारो फेलियर अर्थात बोनम्यारोले काम गर्न नसकेर औषधि उपचार गरीरहेका बिरामीलाई पनि भ्याक्सिन दिन मिल्छ ।
– लामो समयले औषधि सेवन गरिरहेका तर स्वास्थ्य अवस्था सामान्य भइसकेका क्यान्सरका बिरामीहरु अर्थात क्रोनिक माइलोइड ल्युकेमियाका लाई पनि भ्याक्सिन दिन मिल्छ ।
३. के क्यान्सरका बिरामीहरुले बुस्टर डोज लगाउन आवश्यक छ?
क्यान्सरका बिरामीहरुले बुस्टर डोज लगाउन आवश्यक छ। बिशेष गरी सक्रिय क्यान्सरहुने हरुलाई तथा प्रतिरोधात्मक क्षमता कमजोर भएका रोगिहरुलाई, नेपाल सरकारले स्वीकृति दिइएको सबै किसिमको बुस्टर खोप अथवा तेस्रो खोप दिन सकिन्छ । अहिले सम्मको बैज्ञानिक अनुसन्धान तथा खोजको आधारमा तल उल्लेखित क्यान्सर रोगका बिरामीहरुलाई कोभिड– १९ बिरुद्धको बुस्टर खोप लगाउन सकिन्छ ।
- क्यान्सरको उपचार गरीरहेका तर पहिलो (दोस्रो) डोज खोप लगाएको एक बर्ष भित्र
– क्यान्सर रोग भर्खरै पहिचान भएका र क्यान्सरको उपचार सुरु गर्नु पने अवस्थामा रहेका,
– रगतको क्यान्सर भएका बिरामी (eg, chronic lymphocytic leukemia, multiple myeloma, myelodysplastic syndrome, or chronic myeloproliferative neoplasms)
- Stem cell trans plant or other cellular therapy ( eg, CAR T cells) गरेका बिरामी
- क्यान्सर सगै अरु रोग प्रतिरोधात्मक क्षमता कमजोर बनाउने रोग लागेका (जस्तै: एचआइभी) तथा प्रतिरोधात्मक क्षमता कमजोर बनाउने औषधि लिइराखेका (जस्तै: स्टेरोइड्स)
४. के कोभिड –१९ को खोप लगाइसकेपछि सिटी, एमआरटी, पेट-सिटी गर्न मिल्छ कि मिल्दैन?
अहिलेको अनुसन्धानले के देखाएको छ भने कोभिड –१९ खोप तथा अरु खोपले गर्दा लिम्फ नोडहरु सुनिन सक्छ, जसले गर्दा क्यान्सर स्क्रिनिङ तथा पता लगाउने जाचँहरु जस्तै: म्यामोग्राम, सिटी, एमआरटी, पेट-सिटीको रिपोर्टमा दुबिधा आउन सक्छ, त्यस कारण यि जाचँहरु सकभर अति आवश्यक नभए ४ देखि ६ हप्ता ढिलो गर्दा राम्रो।
५. के बुस्टर खोप लगाइ सकेपछि मैले मास्क लगाउनु पर्दैन?
लगाउनु पर्छ । कृपया बुस्टर खोप लगाइसके पछि पनि मास्क लगाइराख्ने। यसका साथै नेपाल सरकारले भनेका जन स्वास्थ्यका नियमहरु अत्यन्त अनुशासित भएर पालना गर्नुहोला।
क) मास्क लगाइ राख्ने,
ख) साबुन पानिले हात मिचि मिचि धुने,
ग) सामाजिक दुरी कायम गर्ने इत्यादी।
-(डा शाही पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका मेडिकल ओंकोलोजिस्ट हुन्।)