काठमाडौं– सरकारले ५ देखि ११ वर्ष उमेर समूहका बालबालिकालाई पनि कोरोनाविरुद्धको खोप लगाउने निर्णय गरेको छ।
शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले आउँदो चैतमा ५ देखि ११ वर्ष उमेर समूहका बालबालिकालाई खोप लगाउने निर्णय गरेको शहरी विकासमन्त्री रामकुमारी झाँक्रीले जानकारी दिइन्।
उक्त उमेर समूहका बालबालिकाको यकिन आँकडा निकाल्न स्थानीय सरकारहरुलाई तत्काल आग्रह गर्ने निर्णय सरकारले गरेको छ। सरकारले १२ देखि १८ वर्ष उमेर समूहलाई पनि खोप लगाइरहेको छ।
५ देखि ११ वर्ष सम्मका बालबालिका खोप लगाउन सरकारले ८४ लाख डोज खोप खरिदका लागि प्रक्रिया अघि बढाइसकेको छ।