काठमाडौँ- स्वास्थ्यकर्मीले अझै जोखिम भत्ता पाउन सकेका छैनन्। स्वास्थ्य मन्त्रालयले कोरोना संक्रमण रोकथाम, नियन्त्रण र उपचारमा संलग्न स्वास्थ्यकर्मीलाई जोखिम भत्ता दिन नसकेपछि प्रतिनिधि सभाको शिक्षा तथा स्वास्थ्य समितिलाई गुहारेको छ।
स्वास्थ्य मन्त्रालयले आवश्यक जोखिम भत्ता अर्थ मन्त्रालयसँग माग गर्नुपर्नेमा ६ महिनादेखि दिन नसकेको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेलले अर्थ मन्त्रालयसँग समन्वय गरिदिन समितिलाई आग्रह गरे।
‘कोरोना महामारी न्यूनीकरणमा खटिएका स्वास्थ्थ्यकर्मीहरुलाई ५० प्रतिशत भत्ता दिन्छौं भनिएको थियो। त्यो गत असारसम्मको मात्रै दिन सकिएको छ’ सचिव पोखरेलले भने।
समिति सभापति जयपुरी घर्तीले भने जवाफको क्रममा अर्थ मन्त्रालयसँग यस विषयमा समन्वय गरिने बताइन् ।