काठमाडौं- नेपालमा थप २८ जनामा ओमिक्रोन भेरियन्टको संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो पटक जिन सिक्वेन्सिङ गरिएको ३२ मध्ये २८ वटा नमुनामा ओमिक्रोन भेरियन्ट पुष्टि भएको हो। यस्तै ४ जनामा डेल्टा भेरिएन्ट देखिएको मन्त्रालयले जनाएको छ।