काठमाडौं– काठमाडौं मेडिकल कलेज र नोबेल मेडिकल कलेजले लिएको अतिरिक्त शुल्कविरुद्ध आन्दोलन गरिरहेका विद्यार्थीमाथि कलेज प्रशासनले गरेको दुर्व्यवहारप्रति विद्यार्थी संगठनले आपत्ति जनाएका छन्।
अतिरिक्त शुल्कविरुद्ध सोमबार सिठ्ठी जुलुस निकाल्ने क्रममा कलेज सुरक्षा गार्डले हस्तक्षेप गरेका थिए। ‘नोबेल मेडिकल कलेजमा शान्तिपूर्ण रुपमा गरिएको सिठ्ठी जुलुसमा नोबेल मेडिकल कलेज भिजलान्ते गुन्डाहरु र कलेजका सुरक्षा गार्डहरुले हस्तक्षेप’ गरेको सत्तारुढ दलका विद्यार्थी संगठनद्वारा जारी विज्ञप्तिमा भनिएको छ।
कलेज प्रशासनको संगलग्तामा भएको घटनाका दोषीलाई कारबाही गर्न माग गरिएको छ।
उक्त घटनामा अखिल (क्रान्तिकारी)का केन्द्रीय सदस्य ताजिम अन्सारी, दीपेन्द्र मेहता, टेकेन क्षेत्री, उमेश सेन्चुरी घाइते भएका थिए। अनेरास्ववियुका सोएब अन्सारी, समाजवादी विद्यार्थी युनियनका शाहिल झा पनि घाइते भएको विद्यार्थी संगठनले जनाएका छन्।