काठमाडौं- काठमाडौं उपत्यकामा छ हजार १७२ जना कोरोना संक्रमित थपिएका छन्। गत २४ घण्टाभित्र गरिएको परीक्षणबाट उपत्यकाका तीन जिल्लामा ती संक्रमित थपिएका हुन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा सबैभन्दा बढी काठमाडौंमा चार हजार ८७५ जना संक्रमित थपिएका छन्। यस्तै, ललितपुरमा ७८२ र भक्तपुर जिल्लामा ५१५ संक्रमित थपिएको मन्त्रालयले जानकारी दिएको छ।
मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा सक्रिय संक्रमितको संख्या ५६ हजार ८८२ पुगेको छ। देशभरका सक्रिय संक्रमितमध्ये काठमाडौं उपत्यकाका मात्रै आधाभन्दा बढी छन्।
गत २४ घण्टामा देशभर १२ हजार आठ जना नयाँ थपिएसँगै सक्रिय संक्रमितको संख्या ८८ हजार ९३४ पुगेको मन्त्रालयले जनाएको छ।