काठमाडौं- नेपालको जनगणनाको प्रारम्भिक विवरण अनुसार पुरुष भन्दा महिलाको संख्या वृद्धि उच्च देखिएको छ। बुधबार केन्द्रीय तथ्याक विभागले जारी गरेको प्रारम्भिक विवरण अनुसार पुरुष भन्दा महिलाको संख्या वृद्धि उच्च देखिएको हो।
विभागका अनुसार नेपालमा पुरूषभन्दा ६ लाख बढी महिला रहेको प्रारम्भिक परिणाममा देखिएको छ।
नेपालमा पुरूषको संख्या १ करोड ४२ लाख ९१ हजार ३ सय ११ छ भने महिलाको संख्या १ करोड ४९ लाख १हजार १ सय ६९ रहेको विभागले जनाएको छ। नेपालको जनसंख्या वृद्धिदर ०.९३ प्रतिशत छ। यो सन् १९९८ पछिको सबैभन्दा न्यून हो।
सन् १९९८ देखिपछिका सबै जनगणनामा नेपालको जनसंख्याको बढेको थियो। यस पटक जनसंख्या वृद्धिदर १ प्रतिशतभन्दा कम भएको हो।