काठमाडौं- कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले निजी र ट्याक्सीबाहेकका सार्वजनिक सवारी साधनमा जोर बिजोर प्रणाली हटाउन मन्त्रिपरिषद्लाई सिफारिस गरेको छ।
आज बसेको सीसीएमसी बैठकले निजी र ट्याक्सीबाहेकका सार्वजनिक सवारी साधनमा जोर बिजोर प्रणाली हटाउन मन्त्रिपरिषद्लाई सिफारिस गरेको हो। सीसीएमसीको सिफारिसमा अब डीसीसीएमसीले खुलाउने निर्णय गर्न सक्नेछन्।
निजी र ट्याक्सीबाहेकका सार्वजनिक सवारीमा जोरबिजोर हटाउन सिफारिस
काठमाडौं कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले निजी र ट्याक्सीबाहेकका सार्वजनिक सवारी साधनमा जोर बिजोर प्रणाली हटाउन मन्त्रिपरिषद्लाई सिफारिस गरेको छ।
सीसीएमसीको आज बसेको बैठकले मन्त्रिपरिषद्समक्ष यस्तो सिफारिस गर्ने निर्णय गरेको प्रवक्ता सुनिता नेपालले जानकारी दिइन्। सार्वजनिक सवारीमा भिड बढ्दा झनै जोखिम बढेको भन्दै जोरबिजोर प्रणालीको व्यापक विरोध भएको थियो।