काठमाडौं– कोरोना भाइरसको संक्रमण बढेपछि स्थगित भएका त्रिभुवन विश्वविद्यालयका परीक्षाहरु फागुन १ गतेदेखि सुरु हुने भएका छन्।
त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुले बुधबार सूचना जारी गर्दै फागुन १ गतेदेखि क्रमिक रुपमा परीक्षाहरु सञ्चालन हुने जनाएको छ।
यसअघि कोरोना संक्रमण बढेको भन्दै विश्वविद्यालयले माघ ९ गतेदेखि वार्षिक तथा समेस्टेर प्रणालीका सबै परीक्षाहरु स्थगित गरेको थियो।