काठमाडौं- पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १ हजार ५०९ जना कोरोना संक्रमित थपिएका छन्।
विभिन्न स्थानमा एन्टिजेन र पीसीआर विधिबाट नमूना परीक्षण गर्दा १ हजार ५०९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार काठमाडौंमा १ हजार २४९, भक्तपुरमा ७७ र ललितपुरमा १८३ जना संक्रमित थपिएका हुन्।