काठमाडौं– काठमाडौं उपत्यकामा थप ७४५ जना कोरोना संक्रमित थपिएका छन्। पछिल्लो २४ घण्टामा गरिएको एन्टिजेन र पीसीआर परीक्षणका क्रममा काठमाडौं, भक्तपुर र ललितपुर जिल्लामा गरी थप ७४५ जनामा संक्रम पुष्टि भएको हो।
पछिल्लो २४ घण्टामा सबैभन्दा बढी काठमाडौं जिल्लामा ५७० जना संक्रमित थपिएका मन्त्रालयले जानकारी दिएको छ। यस्तै, ललितपुरमा १२० र भक्तपुर जिल्लामा ५५ जना संक्रमित थपिएका छन्।
मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा हाल २९ हजार २४६ जना सक्रिय संक्रमित छन्। सबैभन्दा बढी काठमाडौं जिल्लामा १६ हजार ३ जना सक्रिय संक्रमित छन्। यस्तै, ललितपुरमा ९ हजार ३५१ र भक्तपुर जिल्लामा ३ हजार ८२९ जना सक्रिय संक्रमित रहेका मन्त्रालयले जानकारी दिएको छ।