काठमाडौं - कोभिड १९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी) ले खोप कार्ड हराएकाहरुको पुनः कार्ड बनाई दिन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई सिफारिस गरेको छ।
सीसीएमसीको आइतबार बसेको बैठकले खोप कार्ड हराएकाहरुको पुनः बनाई दिन मन्त्रालयलाई सिफारिस गरेको हो।
खोप कार्ड नहुँदा अत्यावश्यकीय सेवा लिन समस्या भएको विभिन्न गुनासो आएपछि मन्त्रालयलाई उक्त सिफारिस गरिएको सीसीएमसीकी प्रवक्ता सुनिता नेपालले बताइन्।
नेपालमा कोरोना संक्रमण बढ्दै गएपछि सरकारले अत्यावश्यकीय सेवा लिन कोरोना विरुद्धको खोप लगाएको कार्ड अनिवार्य बनाएको छ।