काठमाडौं - देशभर कोरोना संक्रमण कम भइरहँदा पाँच सय बढी सक्रिय संक्रमित रहेका जिल्लाहरुको संख्या पनि घटी रहेको छ। हाल ११ वटा जिल्लामा मात्र कोरोनाको पाँच सय बढी सक्रिय संक्रमित रहेका छन्।
कर्णाली बाहेक अन्य ६ वटै प्रदेशमा कोरोनाको पाँच सय बढी सक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यसअघि शनिबार १३ वटा जिल्लामा पाँच सय बढी सक्रिय संक्रमित थिए।
प्रदेश १ मा मोरङ र सुनसरी, मधेश प्रदेशमा धनुषा, बागमती प्रदेशमा काठमाडौं, ललितपुर, भक्तपुर, चितवन, र काभ्रेपलाञ्चोक, गण्डकीमा कास्की, लुम्बिनी प्रदेशमा बाँके र सुदूरपश्चिमको कैलालीमा कोरोनाको पाँच सय बढी सक्रिय संक्रमित छन्।
यस्तै १० वटा जिल्लामा भने २ सयभन्दा बढी सक्रिय संक्रमित छन्। यो सूचीमा झापा, सिरहा, सप्तरी, सर्लाही, धादिङ, तनहुँ, रुपन्देही, पाल्पा, दाङ र कञ्चनपुर छन्। हाल मनाङमा मात्र सक्रिय संक्रमितको संख्या शून्य रहेको मन्त्रालयले जनाएको छ।