काठमाडौं - कान्ति बाल अस्पतालले अन्तर्राष्ट्रिय बाल क्यान्सर दिवसको अवसरमा मंगलबार दीप प्रज्ज्वलन गरेको छ।
बालबालिकामा हुने क्यान्सर रोग निको हुन सक्छ र सरकारी अस्पतालमै उपचार संभव छ भन्ने सन्देशसहित अस्पतालले दीप प्रज्ज्वलन गरेको हो।
नेपालमा वार्षिक करिब १५ सय बालबालिकाहरुमा नयाँ क्यान्सर हुने अनुमान गरिएको छ। बाल क्यान्सर सम्पूर्ण क्यान्सरहरुमा छैठौँ र बाल स्वास्थ्य समस्याहरुमा नवौँ प्रमुख जनस्वास्थ्य समस्या हो। बालबालिकामा हुने क्यान्सरको उपचार सरकारी अस्पतालमै संभव रहेको कान्ति बाल अस्पतालका बाल क्यान्सर रोग विशेषज्ञ डा विष्णुरथ गिरीले बताए।