काठमाडौं- सर्वोच्च अदालतबाट पदाधिकारीको पक्षमा अल्पकालिन अन्तरिम आदेश जारी भएपछि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका पदाधिकारीहरू पुनः काममा फर्किएका छन्।
सर्वोच्च अदालतबाट पदाधिकारीको पक्षमा अल्पकालिन अन्तरिम आदेश जारी भएपछि उनीहरू पुनः प्रतिष्ठानमा आएर जिम्मेवारी सम्हालेका छन्। गत पुष ३० गते मन्त्रिपरिषद् बैठकले प्रतिष्ठानका पदाधिकारीहरूलाई काम गर्न रोक लगाउने र उनीहरूको सट्टामा दैनिक प्रशासनिक, आर्थिक काम गर्न मन्त्तालय र महालेखाबाट कर्मचारी पठाउने निर्णय गरेको थियो। यो निर्णय प्रतिष्ठानको ऐन तथा नियमावली विपरीत भएको भन्दै उपकुलपति डा ज्ञानेन्द्र गिरी र अस्पताल निर्देशक प्राडा गौरीशंकर साहले सर्वोच्च अदालतमो रिट दायर गरेका थिए।
उनीहरूको रिटको सुनुवाई गर्दै बुधबार सर्वोच्चले पदाधिकारीहरूलाई पदीय जिम्मेवारी अनुसारको कर्तव्य पालना गर्नमा वाधा अवरोध नगर्न अल्पकालिन अन्तरिम आदेश जारी गरेको थियो। यो