दाङ- राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कस्मेटिक सर्जरी सुरु भएको छ। कस्मेटिक सर्जरी गर्न तत्कालीन राप्ती उपक्षेत्रिय अस्पतालको पालामा मेसिन खरिद गरेर ल्याईएपनि स्टोरमा थन्क्याएर राखिएको थियो।
लामो समयपछि प्रतिष्ठानका पदाधिकारिको निर्देशनमा सेवा बिस्तारका क्रममा उपक्षेत्रिय अस्पताल हुँदा थन्क्याएर राखिएको मेसिन अहिले प्रयोगमा आएको छ। शरीरका विभिन्न भागमा रहेका दागहरु मेटाउन यो मेसिनमार्फत सहयोगि बन्ने प्रतिष्ठानका छाला,यौन तथा कुष्ठ रोग विशेषज्ञ डा कृष्ण झाले बताए।
सेवा बिस्तार भएसँगै शरीरमा दागहरु हुँदा हुने समस्या अब सजिलै हट्ने उनले बताए। पिजीआई चण्ढिगडमा अध्ययन गरेका डा झा लामो अनुभवि चिकित्सक हुन। पछिल्लो पटक प्रतिष्ठानमा बिभिन्न फ्याकल्टी गरेर २९ जना विशेषज्ञ चिकित्सक कार्यरत छन। डा झाका अनुसार प्रतिष्ठानमा व्यक्तिका शरिरमा रहेका दाग, खत, कोठि, मुसा लगायत हटाउन मेसिनमार्फत कस्मेटिक सर्जरी गर्न सकिने छ।