काठमाडौं- कोभिड–१९ महामारीमा कोभिडजन्य संक्रमणका कारण विश्वभर करिब ६० लाख व्यक्तिको मृत्यु भएको छ। विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) को पछिल्लो तथ्याङ्कअनुसार शुक्रबारसम्म विश्वभर कोभिड–१९ बाट मृत्यु हुनेको सङ्ख्या ५९ लाख ७८ हजार ९६ (झण्डै ६० लाख) पुगेको छ।
विश्वभर ४४ करोड ४० लाख ८० हजार सात हजार ७५६ जनामा कोभिड–१९ संक्रमण पुष्टि भएको छ। विश्वका अधिकांश मुलुकमा कोभिड संक्रमण परीक्षणले सङ्क्रमित सबैलाई नसमेटेको भन्दै सङ्क्रमित मृतक र सङ्क्रमित विरामीको सङ्ख्या तथ्याङ्कमा देखिएकोभन्दा निकै धेरै भएको अनुमान गरिएको छ।
यो तथ्याङ्क गत शुक्रबारसम्म विश्वभरबाट प्राप्त सरकार र आधिकारिक निकायबाट प्राप्त रिपोर्ट हो। यूरोप क्षेत्रमा संक्रमण पुष्टि हुनेको सङ्ख्या १८ लाख १८ करोड १२ लाख ७५ हजारभन्दा बढी रहेको छ र यो क्षेत्र महादेशीय आधारमा तुलना गर्दा सबैभन्दा बढी सङ्क्रमित रहेको क्षेत्र हो भने अमेरिकी क्षेत्रमा १४ करोड ७६ लाख पाँच हजार ९३१ सहित दोस्रो स्थानमा रहेको छ।