काठमाडौं- नेपाल चिकित्सक संघले जनसंख्याको अनुपातमा सरकारी दरबन्दी थप गर्न माग गरेको छ।
प्रधानमन्त्री शेरबहादुर देउवालाई १० बुँदे ज्ञापन पत्र बुझाउदै संघले युवा चिकित्सकको पलायन रोक्न जनसंख्याको अनुपातमा सरकारी दरबन्दी थप गर्न माग गरेको हो।
चिकित्सकहरुको सेवा–सुविधा तथा स्तरवृद्धि लगायतका बिषयलाई समेट्दै संघका पदाधिकारीहरुले ज्ञापन पत्र बुझाएका हुन्।
संघीय संरचना अनुसार स्थानीय तहमा कार्यरत चिकित्सकहरु जीवनभर नै सोही निकायमा मात्र कार्यरत रहनुपर्ने भएकाले चिकित्सकहरुको क्षमता तथा वृत्तिविकासमा बाधा पुगेको संघले बताएको छ।
चिकित्सकलाई संघ अन्तर्गत नै राखेर स्थानीय तथा प्रदेश तहमा परिचालन गर्न उनीहरुले माग राखेका छन्।
हेर्नुहोस् ज्ञापनपत्र: