काठमाडौं– कोरोनाको कुनै पनि लक्षण नदेखिएका र पूर्ण खोप लगाएकाहरुलाई पीसीआर टेस्ट अनिवार्य नगराउन स्वास्थ्य मन्त्रालयले जनाएको छ।
स्वास्थ्य मन्त्रालयले एक सूचना जारी गर्दै अब उपचारका लागि अस्पताल जाँदा कोभिड–१९ संक्रमणको कुनै पनि लक्षण नदेखिएका र पूर्ण खोप लगाएकाहरुले पीसीआर टेस्ट गराउनु नपर्ने भएको हो।
यसअघि अस्पताल भर्ना हुँदा र अपरेशन लगायतका उपचार गर्नुपर्दा पीसीआर जाँच अनिवार्य थियो।