काठमाडौं- अबदेखि उपचारका लागि अस्पताल जाँदा पिसिआर परीक्षण गर्न नपर्ने भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य संस्था तथा अस्पतालमा उपचारका लागि जाँदा अब पीसीआर परीक्षण गर्न नपर्ने जनाएको छ।
सरकारले गत फागुन २३ गते उक्त निर्णय गरेको हाे। यसअघि अस्पतालमा उपचारका लागि जाँदा पिसिआर परीक्षण अनिवार्य गर्नुपर्ने नियम थियो।
तर अस्पतालमा जाँदा खोप कार्ड भने अनिवार्य रूपमा लिएर जानुपर्ने छ।