काठमाडौं- नेपाल प्रवेश गर्दा अबदेखि खोप नलगाएका र लक्षण देखिएकाको मात्र कोरोना परीक्षण हुने भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित नेपाल प्रवेश गर्ने सीमा नाकामा अब कोरोना भाइरसविरुद्धको खोप नलगाएका र लक्षण देखिएकाको मात्र स्वास्थ्य परीक्षण हुने भएको छ।
सरकारले पूर्ण खोप लगाएका तथा कोरोना संक्रमणसँग मिल्दोजुल्दो लक्षण नदेखिएकाहरुको भने स्वास्थ्य परीक्षण नगर्ने व्यवस्था गरेको छ ।
मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले हेल्थ डेस्कहरुमा कोभिड १९ को पूर्ण खोप नलगाएका र कोभिड १९ संक्रमणसँग मिल्दोजुल्दो लक्षण देखिएकाको मात्र स्वास्थ्य परीक्षण हुने जानकारी दिए।
यस्तै पूर्ण खोप नलगाएका ५ वर्ष माथिका बालबालिकामा पनि लक्षण देखिएमा नाकामा परीक्षण हुने छ।