काठमाडौं - कान्ति बाल अस्पतालले पेडियाट्रिक पल्मोनोलोजी ओपिडी सेवा सुरु गरेको छ। बच्चाहरुको छाती रोग सम्बन्धी सबै किसिमको उपचार गर्ने उद्देश्यले उक्त ओपिडी सेवा आजदेखि सुरु गरेको अस्पतालले जनाएको छ।
पेडियाट्रिक पल्मोनोलोजिस्ट डा जगतजीवन घिमिरेको नेतृत्वमा उक्त सेवा सुरु गरिएको अस्पतालका निर्देशक डा युवानिधि बसौलाले जानकारी दिए।
यसअघि कान्ति अस्पतालमा दम क्लिनीक मात्र सञ्चालन हुँदै आएको थियो। सोमबार र बिहीबार गरी साताको दुई दिन उक्त ओपिडी सञ्चालन हुने डा बसौलाले बताए।
उनले भने, ‘अब यहाँ छाती रोग सम्बन्धी सबै किसिमको उपचार हुन्छ। बच्चामा हुने दम, निमोनिया, सास फेर्न गाह्रो हुने, घ्यार घ्यार गर्ने जस्ता सबै समस्याको उपचार हुन्छ।’
पल्मोनोलोजी ओपिडी अन्तर्गत ब्रोन्कोस्पोपिक सेवा पनि सुरु गर्ने तयारी भएको अस्पतालले जनाएको छ।