काठमाडौं- चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालको आधिकारिक ट्रेड युनियनले प्रधानमन्त्री एवं कुलपति समक्ष मागपत्र पेस गरेको छ। साथै युनियनले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री एवं प्रतिष्ठानका सहकुलपतिका साथै स्वास्थ्य सचिव समक्ष ज्ञापन पत्र सहित ४१ बुँदे माग पत्र पेस गरेको छ।
माग पत्रमा स्वायत्त प्रतिष्ठान ऐन को कार्यान्वयन, प्रतिष्ठान सभाको माग, दीक्षान्त समारोह, प्रतिष्ठान सेवा आयोग गठन, प्रतिष्ठान सेवा तर्फको ओएनएम सर्व, नयाँ सर्जिकल भवन मा कम्तिमा १०० वेड आईसीयूसहित पूर्ण रुपमा सन्चालन, दुवाकोट परियोजना निर्माण कार्यमा तव्रता लगायतका माग समेटिएका छन्।
त्यस्तै ब्रिगिएका उपकरण मर्मत र सन्चालन, आकस्मिक सेवा बिस्तार र गुणस्तरियता, रेडियोलोजी , सर्जरी र आइसीयू सेवा छिटो छरितो, र गुणस्तरीय बनाउन निर्देशन र अनुगमन, शिक्षक तथा कर्मचारीको वृद्धि विकास/ स्तर बृद्धी, प्रतिष्ठान सेवा को शिक्षक तथा कर्मचारीलाई जिम्मेवारी दिँदा समानताको माग गरिएको छ।
ट्रमा सेन्टर तथा कर्मचारीको सम्वन्धमा सर्वोच्च अदालतको आदेश कार्यान्वयन, सेवा बिस्तार भत्ता, उपदान कोष सञ्चालन, ऐनेस्थेसिया तथा प्याथोलोजि भत्तामा समानता लगायत माग हरुका बारेमा प्रतिष्ठान पदाधिकारीलाई आवश्यक निर्देशन दिन गरिएको छ।
युनियनले लामो समयदेखि प्रतिष्ठान पदाधिकारी समक्ष अस्पताल सुधार र कर्मचारी हकहितको आवाज उठाए पनि प्रतिष्ठान पदाधिकारी ले कुनै सुनुवाइ नगरेकाले प्रतिष्ठान को कुलपति एवं प्रधानमन्त्री, सहकुलपती तथा स्वास्थ्य मन्त्री र स्वास्थ्य सचिव समक्ष ज्ञापन पत्र पेश गर्नु परेको युनियन का सचिव दिपक मुडभरीले बताए।
ज्ञापन पत्र बुझ्दै स्वास्थ्य मन्त्री एवं सहकुलपति बिरोध खतिवडाले तत्काल पूरा हुने मागका लागि प्रतिष्ठान पदाधिकारीलाई निर्देशन दिने र नीतिगत कुरामा प्रतिष्ठान सभामा लैजाने बताए।