काठमाडौं- एक साताको अवधिमा अमेरिकी सरकारले १५ लाख डोज फाइजर खोप नेपाललाई प्रदान गरेको छ। एक साताको समयमा मात्रै अमेरिकी सरकारले नेपालको लागि झन्डै १५ लाख डोज फाइजर कोभीड १९ खोप कोभ्याक्स सुविधामार्फत नेपाललाई हस्तान्तरण गरेको हो।
अघिल्लो हप्ता आइपुगेको ७ लाख ६६ हजार ३५० र यसअघिनै आइपुगेका २३ लाख डोज कोभिड १९ खोपसहित थप ७ लाख ३२ हजार ४२० फाइजर खोप नेपाल आइपुगेको छ। यो सँगै अमेरिकी सरकारको सहयोगमा नेपाललाई प्राप्त भएको कोभिड १९ खोपको संख्या ३७ लाखभन्दा बढी पुगेको छ।
राष्ट्रपति बाइडेनले भनेका छन् 'यो हाम्रो जिम्मेवारीको कुरा हो, जतिसक्दो धेरै जीवन बचाउनु हाम्रो मानवीय दायित्व हो, र हाम्रो मूल्यमान्यता प्रतिको उत्तरदायित्व पनि। हामी यो महामारी समाप्त नहुन्जेल निरन्तर एकसाथ काम गर्न प्रतिवद्ध छौं।'