काठमाडौं- नेकपा एमाले निकट जनवर्गीय संगठन राष्ट्रिय स्वास्थ्यकर्मी संघमा सहमतिमा नयाँ कार्यसमिति चयन भएको छ। काठमाडौंमा चैत २५ गतेदेखि भएको महाधिवेशनले सर्वसम्मतिबाटै १५१ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो।
चौथो राष्ट्रिय महाधिवेशनले डा झलक शर्मा गौतमको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो। महासचिवमा डा सन्तोष पौडेल चुनिएका छन्।
चार उपाध्यक्षमा रामहरि ढकाल, शारदा खनाल, जगत नेपाली र भिमराज सिंह रहेका छन्।
१७ सदस्यीय पदाधिकारीहरुमध्ये २ उपमहासचिव पदमा हिमालय तिवारी र अमृता बराल चुनिएका छन्।
कोषाध्यक्षमा अञ्जु बस्नेत, ८ सदस्यीय सचिव पदमा प्रदेश नं १ बाट रामचन्द्र मिश्र, मधेश प्रदेशबाट डा धर्मेन्द्र यादव, बागमती प्रदेशबाट नारायण पौडेल, गण्डकी प्रदेशबाट लक्ष्मण बसौला, लुम्बिनीबाट खगराज पोखरेल, कर्णालीबाट सुशील शाही, सुदुरपश्चिमबाट सिद्धप्रसाद ढुंगाना र उपत्यका प्रदेशबाट रुपा केसी सर्वसम्म चयन भएका छन्।
यस्तै निवर्तमान अध्यक्ष रामबहादुर चन्दलाई सल्लाहाकार समितिको अध्यक्ष बनाइएको छ। लेखा आयोगको अध्यक्षको जिम्मेवारी डा मोहनकृष्ण श्रेष्ठ र अनुशासन समितिको अध्यक्ष त्रिलोक गुरुङ्ग भएका छ।
यी हुन् सर्वसम्मत चयन भएका पदाधिकारी र सदस्यहरु