काठमाडौं–बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले विज्ञान प्रविधिसम्बन्धमा अनुसन्धनात्मक कार्यलाई अगाडि बढाउन प्रदेश सरकारले नीति पास गरेको बताएका छन्।
नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले गरेको स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको आठौं सम्मेलन उद्घाटन समारोहमा बोल्दै पाण्डेले उक्त नीतिका आधारमा ऐन बनाउने र अनुसन्धानका क्षेत्रमा प्रदेश छुट्टै ढंगले अगाडि बढ्ने बताए।
उनले बागमती प्रदेश अनुसन्धानका क्षेत्रमा परिषद्सँगै मिलेर बढ्न तयार रहेको र त्यसका लागि बजेट तथा कानुनी व्यवस्था गर्न पनि तयार रहेको बताए। अनुसन्धानका क्षेत्रमा उच्च शैक्षिक संस्था स्थापना गर्ने कार्यमा प्रदेश अगाडि बढेको उनले बताए।
अनुसन्धानका क्षेत्रमा बाँकी ६ प्रदेशलाई बाटो देखाउन पनि तयार रहेको उनको भनाइ छ।