काठमाडौं- नेपालमा कोभिड-१९ को सक्रिय संक्रमितको संख्या ४३८ जना रहेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रवार देशभर सक्रिय संक्रमितको संख्या ४३८ जना रहेको छ।
कोभिड महामारीको एक वर्षअघिको दोस्रो लहरयता बिहीवार पहिलो पटक सक्रिय संक्रमितको संख्या ५०० भन्दा कम पुगेको हो।
सरकारी तथ्यांक अनुसार नेपालमा १८ वर्ष वा सोभन्दा माथिको लक्षित जनसङ्ख्यामा झन्डै ९४ प्रतिशतले कोभिडको कम्तीमा एक मात्रा लगाएका छन् भने ८३ प्रतिशतले पूर्ण मात्रामा खोप लगाएका छन्।
त्यसबाहेक १२ देखि १७ वर्ष उमेर समूहमा ७५ प्रतिशतले पूर्ण मात्रा खोप लगाए भने ९४ प्रतिशतले पूर्ण मात्रा खोप लगाएका छन्।
बालबालिकाको हकमा १२ देखि १७ वर्ष उमेर समूहमा नेपालमा फाइजर र मोर्डर्ना खोप वितरण गरिएको छ। अहिलेसम्म झण्डै २३ लाख ६९ हजारले मात्र बुस्टर मात्रा लिएका छन्।