काठमाडौं- नेपालमा कोरोनाको शून्य संक्रमित भएका जिल्ला १७ पुगेका छन्। मन्त्रालयका अनुसार त्यसमा ओखलढुङ्गा, खोटाङ, सोलुखुम्बु, दोलखा, रसुवा, मनाङ, मुस्ताङ, पूर्वनवलपरासी, पूर्वरुकुम, कपिलवस्तु, गुल्मी, जाजरकोट, जुम्ला, डोल्पा, मुगु, हुम्ला र बाजुरा छन्।
हाल होमआइसोलेशनमा ३८२, संस्थागत आइसोलेशनमा १८, आइसीयूमा नौ र भेन्टिलेटरमा एक जनाको उपचार हुँदैछ। विगत २४ घण्टामा ३० हजार ८८९ जनाले खोप लगाएका छन्।