काठमाडौं– मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा विश्वराज जोशी निलम्बनमा परेका छन्।
बागमती प्रदेशका मुख्यमन्त्री एवं प्रतिष्ठानका कुलपति राजेन्द्र पाण्डेले डा जोशीलाई निलम्बन गरेका हुन्।
प्रतिष्ठानका ५ जना सिनेट सदस्यहरुले डा जोशीले पदीय दायित्व निर्वाह नगरेको भन्दै मुख्य मन्त्री कार्यालयमा निवेदन दिएका थिए।
डा जोशीविरुद्ध उजुरी परेपछि उनलाई निलम्बन गरिएको हो। उनलाई निलम्बन गरिएको पत्र ११ गते नै प्राप्त भएको प्रतिष्ठान स्रोतले जानकारी दियो।
प्रतिष्ठानका उपकुलपति निलम्बनमा परेपछि प्रतिष्ठानको निमित्त उपकुलपतिको जिम्मेवारी रेक्टर डा सतिश देवले पाएका छन्।