काठमाडौं- आफ्नो जीवनलाई दुःस्वप्नबाट बाहिर निकाल्दै युक्रेनकी एक नर्सले आफ्नो जीवनको कथा आफूले चाहेजस्तै लेखिरहेकी छिन्। २७ मार्च, २०२२ मा, ओक्साना, जो लिसिचान्स्कमा नर्सको रूपमा काम गरिरहेकी थिइन्, भिक्टरसँग घर फर्किंदै गर्दा नजिकै बारुदी सुरंग विस्फोट भएपछि उनको दुवै खुट्टा र देब्रे हातको चार औंलाहरू गुमे।
उनको जीवनमा ठूलो क्षति हुँदा पनि, उनले पछाडि फर्किनन् र सबै चिकित्सा प्रक्रियाहरू पार गरिन्। र अस्पतालमा आफ्नो प्रेमीसँग विवाह गरिन्।
जमिनमुनि बिच्छ्याइएको विस्फोटक पदार्थ पड्किएपछि उनले दुवै खुट्टा गुमाएकी हुन्। विवाहपछि उनी आफ्ना पतिसँग नाचेको देखिने भावोत्तेजक भिडिओ सार्वजनिक भएको छ।
ओक्साना भन्छिन्, ‘जब विस्फोट भयो, त्यतिबेला म रोइरहेकी थिएँ, जब उसले मलाई देख्यो, म जमिनमा मुख छोरेर पल्टिएकी थिए, मेरो टाउकोमा गम्भीर चोट लागेको थियो। म निस्सासिएकी थिए, सास फेर्न गाह्रो भएको थियो। मेरो पछि आइरहेका मेरो भावी श्रीमान् भासिलिभ भने बचेका थिए। उनीहरु दुबैको नृत्यको भिडियो अस्पतालका एक स्वयंसेवकले क्यामेरामा कैद गरेका थिए।
सुन्दर फुटेजमा भिक्टर ओक्सानालाई अँगालो हालेको देख्न सकिन्छ। भिडियोलाई युक्रेनको संसदले ट्वीटरमा पनि साझा गर्दै भनेको छ, 'एक अति विशेष प्रेम कथा' ओक्साना र भिक्टरले विगत छ वर्षदेखि आफ्नो विवाह स्थगित गरेका थिए। उनीहरुले बिहेको समय पनि पाउन सकेनन्।
मेडिकल एसोसियसनले दम्पतीको लागि विवाहको औंठी र ओक्सानाको लागि सेतो पोशाक किनेको थियो। अस्पतालका स्वयंसेवकहरूले केक तयार पारेका थिए। शल्यक्रिया केन्द्रको वार्डमा विवाह समारोह भएको थियो।
विवाह पछि विक्टरले आफ्नी पत्नी ओक्साना एक धेरै बलियो महिला भएको बताए। विस्फोटपछि उनी बेहोस भएकी थिइनन्, उनलाई देख्दा म डराएको थिएँ। त्यतिबेला के गर्ने थाहा थिएन। कसैगरी अस्पताल पुर्याइयो। उनको एक महिनासम्म उपचार भएको थियो। डाक्टरहरूले धेरै प्रयास गरे। अन्ततः डाक्टरले उनको दुबै खुट्टा र देब्रे हातको चार औंला काट्नु पर्यो।
भिक्टर र ओक्साना छ वर्षदेखि सँगै छन् र उनीहरूका बच्चाहरू पनि छन्।एजेन्सी