काठमाडौं- भारत २४ घण्टाको समयावधी अर्थात मंगलबार मधयरातिसम्म दुई हजार ८९७ व्यक्ति कोरोनाका थप संक्रमित भएपछि यहाँ कुल संक्रमितको संख्या चार करोड ३१ लाख दश हजार ५६ जना पुगेको केन्द्रीय स्वास्थ्य मन्त्रालयले बुधबार बिहान जानकारी दिएको छ।
विगत केही महिनायता न्यून विन्दुमा पुगेको कोरोना भाइरस संक्रमण पुनःकेही दिनयता नयाँ संक्रमितको संख्या तीन हजार नाघेको थियो। यद्यपी मंगलबार भने केही कमी देखिएको हो। २४ घण्टाको समयावधी भएका यी नयाँ संक्रमितध्ये एक हजार ११८ जना राजधानी दिल्लीका रहेका समाचारमा जनाइएको छ। हाल राजधानीमा पाँच हजार ४७१ सक्रिय संक्रमित रहेको पनि जानकारी दिइएको छ।
यसका साथै २४ घण्टाको समयमा महामारीका कारण थप ५४ को मृत्यु भएपछि देशभर कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या पाँच लाख २४ हजार १५७ पुगेको छ। भारतभरी अझै पनि सक्रिय संक्रमित १९ हजार ४९४ रहेका पनि सो मन्त्रालयले जानकारी दिएको छ।