काठमाडौं- भारतमा बुधबार कोरोनाका २,८९७ नयाँ संक्रमित भेटिएका छन् भने ५४ जनाको मृत्यु भएको छ। भारतको स्वास्थ्य मन्त्रालयका अनुसार दैनिक संक्रमण दर ०.६१ प्रतिशत र साप्ताहिक संक्रमण दर ०।७४ प्रतिशत भएको छ।
पछिल्लो २४ घण्टामा २९०८ जना कोरोनाबाट निको भएका छन्। यससँगै निको हुनेको संख्या ४ करोड २५ लाख पुगेको छ । जबकी मृत्यु हुनेको संख्या ५ लाख २४ हजार नजिकै पुगेको छ।
सोमबार २,२८८ नयाँ संक्रमित भेटिएको थियो र १० जनाको मृत्यु भएको थियो। यस्तै, आइतबार २८९३ नयाँ संक्रमित भेटिएका थिए । जबकी शनिबार ३,७६५ नयाँ संक्रमित भेटिएका थिए।