काठमाडौं- भारत २४ घण्टाको समयावधि अर्थात बिहीबार मधयरातिसम्म दुई हजार ८४१ व्यक्ति कोरोनाका थप संक्रमित भएपछि यहाँ कूल संक्रमितको संख्या चार करोड ३१ लाख सोह्र हजार २५४ पुगेको केन्द्रीय स्वास्थ्य मन्त्रालयले शुक्रबार बिहान जानकारी दिएको छ।
विगत केही महिनायता न्यून विन्दुमा पुगेको कोरोना भाइरस संक्रमणको पुनःकेही दिनयता नयाँ संक्रमितको सङ्ख्या तीन हजार नाघेको थियो। यद्यपी गत मंगलबारबाट केही मात्रामा कमी देखिएको छ।
चौविस घण्टाको समयावधि भएका यी नयाँ संक्रमितमध्ये ३६ प्रतिशत राष्ट्रिय राजधानी दिल्लीका रहेका समाचारमा जनाइएको छ। हाल राजधानीमा चार हजार ९२८ सक्रिय सङ्क्रमित रहेका पनि थप जानकारी दिइएको छ।