काठमाडौं- स्वास्थ्यकर्मी पुनम चौधरी स्थानीय निर्वाचनमा वडा सदस्य निर्वाचित भएकी छिन्। सुनसरीकी ३५ वर्षीया स्वास्थ्यकर्मी चौधरी नेकपा एमालेबाट दुहवी नगरपालिका वडा नं १ मा सदस्य निर्वाचित भएकी हुन्।
चौधरी राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपलाको जिल्ला कार्यसमिति सुनसरीकी सदस्य समेत हुन्।
चौधरीले निर्वाचनमा ८७१ मत ल्याएर जित हासिल गरेकी छिन्। उनकी प्रतिस्पर्धी नेपाली कांग्रेसकी आशा कुमारी खाँले ८५३ मत ल्याएकी छिन्।