काठमाडौं– सरकारले प्रत्येक प्रदेशमा कम्तिमा २ वटा मेडिकल कलेज तथा प्रतिष्ठान स्थापना तथा सञ्चालन गर्ने नीति लिएको छ।
राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै यस्तो बताएकी हुन्।
यस्तै सुदुरपश्चि विश्व विद्यालयसँगको सहकार्यमा डडेल्धुरामा मेडिकल कलेज सञ्चालन गर्ने भण्डारीले बताइन्। यस्तै चिकित्सा शिक्षा अध्ययन गराउने शिक्षण संस्थाको क्षमताको आधारमा विद्यार्थी संख्या वृद्धि गर्ने सरकारको नीति गरेको राष्टपति भण्डारीको भनाइ छ।