काठमाडौं - सरकारले उपचारको क्रममा अस्पतालमा हुने मृत्युको अभिलेख अनिवार्य रुपमा राख्ने भएको छ।
राष्ट्रिपति विद्यादेवी भण्डारीले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै अस्पतालमा हुने मृत्युको अभिलेख अनिवार्य रुपमा राख्ने बताइन्।
उनले भनिन्, ‘औषधि उपचारको क्रममा अस्पतालमा हुने मृत्युको अनिवार्य अडिट गर्ने व्यवस्था मिलाइनेछ।’