काठमाडौं– काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन (बालेन्द्र) शाह निर्वाचित भए्का छन्। बिहीबार सकिएको मतगणना परिणामअनुसार शाह ६१ हजार ७६७ मतसहित मेयरमा निर्वाचित भएका हुन्।
उनका निकटतम प्रतिद्वन्द्वी गठबन्धनका तर्फबाट नेपाली कांग्रेसकी सिर्जना सिंहले ३८ हजार ३४१ मत ल्याइन्। यस्तै, एमालेका केशव स्थापित तेस्रो स्थानमा रहे। उनले ३८ हजार ११७ मत ल्याए।
उपमेयरमा भने एमालेकी सुनिता डंगोल निर्वाचित भएकी छन् । उनले नेकपा एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठलाई पराजित गरेकी हुन् । डंगोलले ६८ हजार ६१२ मत ल्याउँदा श्रेष्ठ २३ हजार ८०६ मतमा मात्र सीमित भए।
बालेन शाहले सार्वजनिक गरेको घोषणा पत्रमा स्वास्थ्यका ९ बुँदे विषय छन्। उनले प्रत्येक वडामा योग्य चिकित्सक, नर्सिङ प्रोफेसनल, फर्मासिस्ट र नियमित स्वास्थ्य जाँचका लागि डायोग्निस्टिक ल्याबसहितको स्वास्थ्य क्लिनिक सुरुवात गर्ने, स्वास्थ्य बीमा, एम्बुलेन्स सेवा तथा स्वास्थ्य कार्ड सेवाका विषय घोषणा पत्रमा उल्लेख गरेका छन्।
यस्ता छन् शाहको घोषणा पत्रमा स्वास्थ्यका ९ विषय