काठमाडौं– मिर्गौला प्रत्यारोपण तथा डायलाइसिस गराएका, निको भएका क्यान्सरका बिरामी र मेरुदण्डको पक्षघात भएका बिरामीका लागि सरकारले १ अर्ब ५० करोड रुपैयाँ बजेट छुट्याएको छ।
अर्थमन्त्री जनार्दन शर्माले आइतबार प्रतिनिधि सभाको बैठकमा आगामी आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै यस्तो बनाएका हुन्।
मिर्गौला प्रत्यारोपण गरेका तथा डायलाइसिसमा रहेका व्यक्ति, सबै किसिमका क्यान्सर रोग निदान भएका व्यक्ति र मेरुदण्ड पक्षघात भएका बिरामीलाई औषधि खर्च बापत मासिक ५ हजार उपलब्ध गराउन सो रकम छुट्याइएको मन्त्री शर्माले बताए।