काठमाडौं– सरकारले क्यान्सर रोग पहिचान तथा निदानका लागि लागि आवश्यक पर्ने पेट स्क्यान मेसिन र साइक्लोटोन उत्पादन गर्ने मेसिन खरिद गर्न बजेट छुट्याएको छ।
अर्थमन्त्री जनार्दन शर्माले आइतबार प्रतिनिधि सभाको बैठकमा आगामी आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै सो मेसिन खरिदका लागि बजेट छुट्याएको जानकारी दिए।
मन्त्री शर्माका लागि पेट स्क्यान मेसिन र साइक्लोटोन उत्पादनका लागि ५० करोड बजेटको व्यवस्था गरिएको छ।