काठमाडौं– सरकारले आगामी आर्थिक वर्ष २०७९ साल साउन १ गतेदेखि लागू हुनेगरि १५ प्रतिशत तलब वृद्धि गरेको छ। अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै कर्मचारीको तलब १५ प्रतिशत वृद्धि हुने जानकारी दिए।
मन्त्री शर्माले भने, ‘निजामती, सेना, प्रहरी, शिक्षक लगायत सबै राष्ट्र सेवकहरुलाई उत्पेरित गरी सेवा भाव उच्च बनाउन विक्रम सम्वद २०७९ साउन १ गतेदेखि लागु हुनेगरि तलबमानमा १५ प्रतिशत वृद्धि गरेको छु।
योसँगै अब सरकारी चिकित्सक तथा स्वास्थ्यकर्मीको तलब पनि १५ प्रतिशत वृद्धि हुने भएको छ।
निजामी सेवा र अन्य सरकारी सेवाको जनशक्ति विकास योजना तयार गरी कार्यन्वयन गरिने पनि बताए।
मन्त्री शर्माले कर्मचारीहरुले हाल खाइपाइ आएको महंगी भत्तालाई पनि निरन्तरता दिइएको जानकारी दिए।
यस्तै राष्ट्रसेवक कर्मचारीहरुको न्युनतम तलब सुविधा पुनरावलोकन गर्न र श्रमिकहरुको तलबसुविधाको अध्ययन गरि नेपाल सरकारलाई सिफारिक गर्न एक उच्च स्तरीय तलब सुविधा आयोग गठन गरिने मन्त्री शर्माको भनाइ छ।