काठमाडौं– सरकारले २०७९ साल साउन १ गतेदेखि लागू हुनेगरि १५ प्रतिशत तलब वृद्धि गरेसँगै अब स्वास्थ्य सेवाका कर्मचारीको पनि तलब वृद्धि हुने भएको छ।
अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै कर्मचारीको तलब १५ प्रतिशत वृद्धि हुने जानकारी दिएका छन्।
‘निजामती, सेना, प्रहरी, शिक्षक लगायत सबै राष्ट्र सेवकहरुलाई उत्पेरित गरी सेवा भाव उच्च बनाउन विक्रम सम्वद २०७९ साउन १ गतेदेखि लागु हुनेगरि तलबमानमा १५ प्रतिशत वृद्धि गरेको छु। आगामी आर्गिक वर्षको बजेट प्रस्तुत गर्दै मन्त्री शर्माले भने, 'सरकारले १५ प्रतिशत तलब वृद्धि गरेसँगै स्वास्थ्य सेवाका कर्मचारीको तलब स्केल न्यूनतम तीन हजारदेखि ९ हजारसम्म वृद्धि भएको छ।
स्वास्थ्य सेवामा सहायक प्रथमदेखि अधिकृत बाहौं तहसम्म १३ तहमा कर्मचारीहरुको दरबन्दी रहेको छ। १२औं तहका कर्मचारीको तलब स्केल अब ७२ हजार ८२ रुपैयाँ पुगेको छ। यस्तै ११औं तहका कर्मचारीको सुरु तलब स्केल अब ६० हजार ४९० रुपैयाँ पुगेको छ। यस्तै सहायक प्रथम तहका कर्मचारीको तलब स्केल २४ हजार ७ सय २ रुपैयाँ पुगेको छ।
हेरौं कुन तहका कर्मचारीको तलब कति बढ्यो?