काठमाडौं- अबदेखि चिकित्सा शिक्षा आयोगले लिने एकीकृत प्रवेश परीक्षामा सहभागी हुनका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य हुने भएको छ । आयोगले एक सूचना जारी गर्दै अबदेखि डीएम एमसीएच, स्नातकोत्तर तह र स्नातक तह सबैको प्रवेश परीक्षामा परिचयपत्र आवश्यक हुने जानकारी दिएको हो।
आयोगका अनुसार अब प्रवेह परीक्षामा सहभागी हुन आवेदन दिँदा आवेदनमा राष्ट्रिय परिचय(पत्र नम्बर अनिवार्य उल्लेख गर्नुपर्ने हुन्छ। बेलैमा राष्ट्रिय परिचय पत्र बनाएर राख्न आयोगले विद्यार्थीहरुलाई आग्रह गरेको छ।