काठमाडौं–भारतमा २४ घण्टामा थप ४२७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार करिब तीन महिनापछि गत शुक्रबार भारतमा दैनिक कोरोना सङ्क्रमण ४ हजार नाघेको थियो। गत मार्च ११ मा कोरोना संक्रमितको संख्या ४१९४ पुगेको थियो। गत शुक्रबार चार हजार ४१ जनामा संक्रमण पुष्टि भएको थियो।
त्यसपछि कोरोनाको संक्रमितको संख्या घट्दै गएको थियो। हाल भारतमा कोरोनाका सक्रिय संक्रमितको संख्या २४ हजार ५२ छ। यो भारतमा हालसम्म भएका कोरोना संक्रमितको १.०३ प्रतिशत भएको जनाइएको छ।
शनिबार मध्यरातिसम्म अर्थात २४ घण्टामा दुई हजार ६१९ जना निको भएपछि कोरोनाबाट मुक्त हुनेहरुको संख्या चार करोड २६ लाख २८ हजार ९३ पुगेको छ। अहिले कोरोना भाइरस मुक्ति दर ९८.७३ प्रतिशत रहेको छ ।
भारतमा कोरोना शुरुभएदेखि हालसम्म कुल ८५ करोड २६ लाख परीक्षण भएको छ। भारतमा सन् २०२१ जनवरीबाट राष्ट्रव्यापी खोप अभियान शुरु गरिएको थियो। सो समयदेखि हालसम्म एक अर्ब ९३ करोड ५३ लाख ५८ हजार ८६५ हजार खोप लगाइएको छ।