काठमाडौं– नेपाली कांग्रेसकी सांसद पुष्पा भुसालले कारोना बीमाको रकम तत्काल उपलब्ध गराउन माग गरेकी छन्।
बिहीबार प्रतिनिधि सभाको शून्य समयमा बोल्दै उनले तत्कालीन समयमा बीमा रकम दिने भनी बीमा गरेका कम्पनीहरुले किन उपलब्ध गराएनन् भन्ने प्रश्न उठाइन्।
उनले विगतमा कोरोना बीमाको करम दिने सहमति भएको र पटक–पटक कोरोना बीमा दिनू भनी सर्वोच्च अदालतले पनि आदेश गरिसकेको उनले स्मरण गरे।
उनले एक लाखभन्दा धेरै मानिसले कोरोना बीमाको रकम पर्खेकाले उनीहरुले पैसा पाउने वातावरण मिलाउन माग गरिन्। भुसालले कोरोना बीमाको रकम कसैले पाउने, कसैले नपाउने किन? भयो पनि प्रश्न गरिन्।
तत्कालीन समयमा बीमा कम्पनीहरुले सुरु सुरुमा कोरोना बीमाको रकम उपलब्ध गराएका थिए। तर, धेरै मात्रामा कोरोना संक्रमित भएपछि बीमा कम्पनीहरुले बीमाको रकम नै उपलब्ध गराउन अस्वीकार गरेका थिए।