काठमाडौं- औषधि व्यवस्था विभाग नेपालगंजले जेष्ठ महिनामा ४ वटा औषधि पसललाई निलम्बनको कारबाही गरेको छ।
अनुगमनका क्रममा फार्मेसीहरु दर्ता नभएको, औषधि सञ्चय गरी बिक्री वितरण गरेको भेटिएपछि कारबाही गरेको विभागले जनाएको छ।
अनुगमनका क्रममा फर्मासिस्ट तथा तथा तालिम प्राप्त व्यवसायी पसलमा नभएको, अरुको लाइसेन्स भाडामा लिई गैर व्यक्तिले चलाउने गरेको पाइएपछि ति फामेर्सी पसल कारबाहीमा परेका हुन्।
जेम फार्मेसी २८ दिन, नजत फार्मेसी १० दिन, सारीका मेडिकल हल ७ दिन र बिक्रम फार्मेसी १० दिन निलम्वनमा परेको विभागका फार्मेसी अधिकृत दिपेन्द्र कुमार साहले जानकारी दिए।
उनका अनुसार कागजी प्रक्रिया पुरा हुन बाँकी थप फार्मेसीलाई पनि कारबाही गर्ने तयारी छ। विभागले चैत्र, वैशाख र जेष्ठ महिन मा बाँके, सुर्खेत , प्युठान , रोल्पा , दाङ जिल्लाहरुको अनुगमन गरेको छ। ति जिल्लाका फार्मेसीहरु पनी कारबाहीमा परेका छन्।
विभागले औषधि वा औषधिका साधक पदार्थहरुको अनुचित प्रयोग र दुरुपयोग हुन नदिन तथा त्यसको उपयोगिता एवं प्रयोग सम्बन्धी झुटा वा भ्रमात्मक प्रचार प्रसार हुन नदीन र जनसुरक्षित, असरयुक्त तथा गुणयुक्त नहुने औषधि उत्पादन, बिक्रिवितरण , निकासी पैठारी संचय र सेवनको नियंत्रण गर्ने काम गर्दछ।