काठमाडौं- नेपाल फार्मेसी परिषदले फार्मेसी शिक्षा प्रदान गर्ने शिक्षण संस्थालाई वार्षीक रुपमा उत्तीर्ण विद्यार्थीको विवरण पठाउन आग्रह गरेको छ।
एक सूचना जारी गर्दै परिषदले नेपाल फार्मेसी परिषद् ऐन २०५७ को परिच्छेद ४ को दफा २२ को १ र २ बमोजिम वार्षिक रुपमा सम्बन्धित शिक्षण संस्थाबाट उत्तीर्ण विद्यार्थीको विवरण परिषदमा पेश गर्नु पर्नेमा हालसम्म विवरण नआएकोले तत्काल पठाउन आग्रह गरेको छ।
‘नेपाल फार्मेसी परिषद् ऐन २०५७ को परिच्छेद ४ को दफा २२ को १ र २ बमोजिम वार्षिक रुपमा सम्बन्धित शिक्षण संस्थाबाट उत्तीर्ण विद्यार्थीको विवरण परिषदमा पेश गर्नु पर्नेमा हालसम्म विद्यार्थी विवरण नआएको सबैमा जानकारी गराइन्छ, ‘परिषदले जारी गरेको सूचनामा उल्लेख छ।