काठमाडौं- भारतको नयाँ दिल्लीमा कोरोना भाइरसबाट संक्रमितको संख्या ८२ प्रतिशतले वृद्धि भएको छ ।
सरकारी अधिकारीले बुधबार दिएको जानकारीअनुसार अघिल्लो दिनको तुलनामा बुधबार ८२ प्रतिशतले वृद्धि भएको हो।
देशको सङ्घीय राजधानी नयाँ दिल्लीमा एकाएक संक्रमितको संख्यामा वृद्धि भएको विवरण सार्वजनिक भएपछि धेरैको ध्यान खिचिएको छ।
स्वास्थ्य अधिकारीका अनुसार पछिल्लो एक दिनमा एक हजार ११८ जना संक्रमित थपिएका छन्। जवकी अघिल्लो दिन ६१४ जना मात्रै संक्रमित भएका थिए।