काठमाडौं- भारतमा कोरोना संक्रमणको दर तिव्ररुपमा बढिरहेको छ। केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार गत २४ घण्टामा १२ हजार २१३ कोरोना संक्रमित थपिएका हुन्। यससँगै कोरोना संक्रमणका कारण ११ जनाको मृत्यु भएको छ।
सो अवधिमा ७ हजार ६२४ जना संक्रमण मुक्त भएका छन्। मन्त्रालयका अनुसार भारतमा सक्रिय संक्रमितको संख्या ५८ हजार २१५ पुगेको छ।
अहिलेसम्म भारतमा कोरोनाका कारण ५ लाख २४ हजार ८०३ जनाको मृत्यु भइसकेको छ।