काठमाडौं- हङकङमा दुई महिनाभन्दा लामो समयपछि एकैदिन कोभिड–१९ का एक हजारभन्दा धेरै नयाँ संक्रमित फेला परेका छन्।
बुधबार हङकङमा एक हजार ४७ नयाँ संक्रमित थपिएका हुन्। अप्रिल १३ यता पहिलोपटक हङकङमा एक हजारभन्दा धेरै नयाँ संक्रमित थपिएका हुन्।
त्यस्तै बुधबार हङकङमा एकजनाको कोरोना संक्रमणको कारण मृत्यु पनि भएको छ। यससँगै हङकङमा कोरोनाबाट मृत्यु हुनेको संख्या ९ हजार ३९२ पुगेको छ।
पछिल्लो समय हङकङमा कोरोना संक्रमण फैलिएसँगै त्यहाँको सरकारले केही बार तथा पबमा प्रवेशको लागि र्यापिड एन्टिजिन टेस्ट नेगेटिभ आएको हुनुपर्ने निय लगाएको छ।
यद्यपि जानकारहरुले भने अहिले संक्रमणमा देखिएको वृद्धि पाँचौं लहरको भन्दा फरक किसिमको रहेको बताएका छन्।